site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल सुपर लिग : ड्वले ‘डेडलक’ तोड्दा इलामको पहिलो जित

काठमाडौं । अमाथ ड्वको निर्णायक गोलप्रेरित स्पोर्टिङ इलाम डे मेची एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा झापा एफसीविरुद्ध १–० को कठिन जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा ड्वले गरेको गोल निर्णायक बनेपछि इलामले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

८६औँ मिनेटमा ड्वले गोल गर्दै इलामलाई अग्रतामा राखेका थिए । काउन्टरमा फोडे कामाराले एक्लै बल बढाउँदै पेनाल्टी क्षेत्रमा भरत खवासलाई खोजेका थिए । भरतले निकालेको पासमा ड्वले सशक्त प्रहार गरे पनि झापाका गोलकिपरले त्यसलाई बचाएका थिए । तर, सोही रिबाउन्डमा ड्वले नै बललाई जाली चुमाएपछि इलामले ‘डेडलक’ तोडेको थियो ।

त्यसअघि, खेलभर दुवै टिमले आधा दर्जन उत्कृष्ट अवसर गुमाएका थिए । खेलको ११औँ मिनेटमा झापाका ओर्गे सान्चेजले अग्रताको सुन्दर अवसर खेर फाले । छिरिङ लामाले राइट साइडबाट निकालेको लामो पासलाई मध्यभागबाट नियन्त्रणमा लिएर अघि बढाए पनि इलामका गोलकिपर विकेश कुथुसँग ‘वान भर्सेस वान’मा गरेको प्रहार पोस्टको नजिकैबाट बाहिरियो ।

२९औँ मिनेटमा इब्राहिम जितेले लेफ्ट साइडबाट गरेको सशक्त प्रहार टार्गेटमा रहन नसक्दा स्पोर्टिङ इलामले अग्रता बनाउन सकेन । ४४औँ मिनेटमा अञ्जन बिष्टको हेडर बारमा लागेर फर्किदा झापाले अग्रताको सुन्दर अवसर गुमायो । राइट साइडबाट छिरिङले गरेको क्रसमा १८ यार्ड बक्सभित्रका अञ्जनको सुन्दर हेडर बारमा लागेर फर्किएको थियो ।

दोस्रो हाफको पहिलो मिनेटमै अमाथ ड्वले गोलको मौका खेर फालेपछि इलामले अग्रताको अवसर गुमाएको थियो । भरत खवासले लेफ्ट साइडबाट गरेको क्रस पेनाल्टी क्षेत्रमा नियन्त्रणमा राखे पनि ‘कन्ट्रोल’ सही हुन नसक्दा झापाका गोलकिपर स्टेफन कुपिकले खतरा टारे ।

५४औँ मिनेटमा झापाका ओर्गे सान्चेजले गोलको अर्को सुन्दर मौका खेर फाले । लेफ्ट साइडबाट सुरज बिष्टले गरेको क्रसमा सान्चेजको हेडर इलामका गोलकिपर विकेश कुथुले मुश्किलले बचाएका थिए । लगत्तै अर्को मिनेटमा सान्चेजले नै गोलको अर्को मौका पनि सदुपयोग गर्न सकेनन् । अञ्जन बिष्टले पेनाल्टी बक्सबाहिरबाट आभास लामिछानेलाई बल निकालेका थिए । आभासले बल नियन्त्रणमा राख्दै पेनाल्टी बक्सभित्रै रहेका सान्चेजलाई पास दिए पनि उनको पहिलो प्रयास पुनः एकपटक इलामका कप्तान विकेशले विफल बनाए ।

६२औँ मिनेटमा इलामका अमाथ ड्वले अग्रताको अवसर खेर फाले । दीपेश घलेले रक्षापंक्तिको राइट साइडबाट निकालेको पासलाई नियन्त्रणम राख्दै ड्वले झापाका दुई रक्षकलाई बिट गर्दै गरेको लोअर प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

६८औँ मिनेटमा इलामको प्रहार बारमा लागेर फर्किएपछि इलाम पुनः अग्रता लिनबाट चुकेको थियो । आशिष गुरुङले लेफ्ट साइडबाट गरेको क्रसमा अब्डोल्गे बाको भली पोस्टमा लागेर फर्किएको थियो । सोही रिबाउन्डमा फोडे कामाराले गरेको प्रहार झापाका गोलकिपर स्टेफन कुपिकले बचाएका थिए । पुनः आएको रिबाउन्ड फोडेले बक्सभित्रका दीपेशलाई निकालेका थिए । पहिलो टचमै पोस्टको दिशा दिन खोजे पनि दीपेशको प्रहार बारमाथिबाट बाहिरिएपछि झापाको खतरा टरेको थियो ।

७०औँ मिनेटमा झापाका सान्चेजको प्रहारले जाली चुम्न सकेनन् । समन्दर ओकिलोभ निकालेको बल १८ यार्ड बक्सबाट निकालेको बल सान्चेजले नियन्त्रणमा लिँदै ‘टर्न’ गरेर लिएको प्रहार इलामका गोलकिपर विकेशले मुश्किलले जोगाए ।

८२औँ मिनेटमा अमाथ ड्वले पेनाल्टी सदुपयोग गर्न नसक्दा इलामले अर्को सुनौलो अवसर खेर फाल्यो । झापाका योगेश गुरुङले १८ यार्ड बक्सभित्र भरत खवासलाई लडाएपछि इलामले पेनाल्टीको अवसर पाएको थियो । तर, प्रहारका लागि आएका ड्वले त्यसको सदुपयोग गर्न नसक्दा इलामले अग्रताको अवसर खेर फालेको थियो ।

प्रतियोगितामा इलामको यो पहिलो जित हो । यसअघि, इलाम पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । झापाको भने यो प्रतियोगिताको पहिलो खेल हो ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेलिरहेका छन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ ३०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro