site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुखको गुनासो– सरकारले बजेट नियन्त्रण गर्‍यो 

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् र समितिका काम–कारबाही अतिरिक्त समयमा सञ्चालन गर्न सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताएका छन् । सोमबार संसदीय समितिका सभापतिहरूसँग सिंहदरबारमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संसद् र संसदीय समितिका बैठक कार्यालय समयमै राख्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेको जानकारी गराए । नियमित समयबाहेक बैठक राख्दा अतिरिक्त सुविधा नदिइएको गुनासो कर्मचारीले गरेको उनले सुनाए ।

विगतमा संसद्लाई विभिन्न विदेशी एवं दातृनिकायबाट सहयोग प्राप्त हुने गरेको उनले बताए । पछिल्लो समय सहयोग घट्दै गएको उनले उल्लेख गरे । कतिपय सहयोग नेपालका निम्ति उपयुक्त नभएकाले पनि कम बन्दै गएको उनको भनाइ छ ।

बजेटको अभावमा सभा प्रभावकारी हुन नसकेको भन्दै उनले सरकारले संसद्लाई चलायमान र प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

विगतका बैठकमा कर्मचारीलाई अतिरिक्त समयको भत्ता दिन नसकिएको भन्दै उनले यसलाई व्यवस्थित नगरिए संसद् र संसदीय समिति चल्न कठिन रहेको बताए ।

सभामुख घिमिरेले संसदीय समितिहरूमा विषयवस्तु दोहोरिने र कार्यक्षेत्र स्पष्ट नहुने समस्या रहेको पनि बताए । कार्यक्षेत्र र विषयवस्तुमा समस्या भए छलफल गरी समाधान गर्नुपर्नेमा सोच्न उनले समिति सभापतिहरूलाई निर्देशन दिए ।

त्यस्तै सभामुख  घिमिरेले संसदीय समितिहरु क्रियाशील बनाउन सभापतिहरुलाई निर्देशन दिएका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा समितिका सभापतिहरुको संयुक्त बैठकमा प्रमुख सचेतकमार्फत गाउँ पुगेका सांसदहरुलाई बोलाएर समिति क्रियाशील बनाउन निर्देशन दिएका हुन् ।

“विधेयकका काम छिटो गर्नुपर्‍यो । सबै गाउँतिर गएका छन् । निर्वाचन क्षेत्र पूर्वाधारको कुरा के हो । संसद्ले पारित गर्‍यो, अदालतले रोकेको छ,” संयुक्त बैठकमा उठेका विषयहरुका बारेमा जानकारी गराउँदै समिति सभापति रामहरि खतिवडाले भने । 

उनका अनुसार प्रमुख सचेतकमार्फत् सांसदहरु बोलाएर समितिका बैठक छिटो गर्न सभामुखले निर्देशन दिएका थिए ।

बैठकमा सरकारले संसद्लाई बिजनेस नदिएको, बेवास्ता गरेको, अर्थतन्त्र समस्यामा हुँदा पनि बेवास्ता गरेको भन्दै केही सभापतिहरुले आलोचना गरेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro