site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रियाल मड्रिड शीर्ष स्थानमा फर्कियो

काठमाडौं । कार्डिजविरुद्ध ३–० को सहज जित निकाल्दै रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार कार्डिजको मैदान स्टाडियो नुइभो मिरान्डिलामा भएको खेलमा पाहुना टिमलाई जित दिलाउन रोड्रिगोले दुई र बेलिंघमले एक गोल गरे ।

खेलको १४औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए । यही गोलमा रियालले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । रियालले दोस्रो हाफमा दुई गोल थप्यो ।

६४औँ मिनेटमा रोड्रिगोले नै रियालको अग्रता दोब्बर बनाए । त्यसको १० मिनेटपछि बेलिंघमले गोल गर्दै घरेलु टिमविरुद्धको अग्रतालाई ३–० मा पुर्‍याएका थिए ।

जितसँगै १४ खेलबाट ३५ अंक जोडेको रियाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियालभन्दा एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको जिरुनाको ३४ अंक छ ।

पछिल्ला पाँच खेलयता जितविहीन कार्डिच १३ खेलबाट १० अंकसहित १६औँ स्थानमा छ । कार्डिज रेलिगेसन क्षेत्रभन्दा दुई अंकले मात्र माथि छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro