site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
प्यालेस्टाइनको दाबी : इजरायली सेनाले पश्चिम किनारमा आठजनाको हत्या गर्‍यो
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

नाब्लस । इजरायली सेनाले उसले कब्जा गरेको पश्चिम किनारमा २४ घन्टाको अवधिमा आठ प्यालेस्टाइनीलाई मारेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।

जेनिनमा ठूलो सङ्ख्यामा सशस्त्र सवारीसाधनसहित घुसपैठ गरेर इजरायली सेनाले पाँचजनाको गोली हानी हत्या गरेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार करिब २० वर्षमा पश्चिम किनारमा यो सबैभन्दा घातक इजरायली हमला थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

चिकित्सा स्रोतले १५ मानिस घाइते भएको एएफपीलाई बताएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार एक इजरायली ड्रोनले जेनिनको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको थियो ।

अन्य प्रत्यक्षदर्शीहरूका अनुसार शनिबार इजरायली सेनाले जेनिनको सार्वजनिक अस्पताल र इब्न सिना क्लिनिकलाई घेरेको थियो र सैनिक एम्बुलेन्स खोजिरहेको थियो । उनीहरूले स्वचालित हतियारका साथ ठूलो लडाइँ भएको पनि जानकारी दिए ।

Global Ime bank

इजरायली सेनाले उसले पश्चिम किनारको उत्तरमा रहेको प्यालेस्टिनी सशस्त्र समूहरूको गढ जेनिन शरणार्थी शिविरमा रातभर ‘आतङ्कवादीविरोधी गतिविधिहरू’ गरेको बताएको छ । अगस्टमा दुई इजरायलीको हत्या गर्ने आक्रमणका संदिग्ध अपराधीलाई पक्राउ गरेको सेनाले बताएका छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयलका अनुसार शनिबार जेनिननजिकै कबातियामा एक २५ वर्षीय चिकित्सकको उनको घरबाहिर हत्या भएको छ । रामल्लाह सहरनजिकै एल–बिरेहमा एक प्यालेस्टिनीको पनि मृत्यु भएको र नाब्लसको दक्षिणमा एक गाउँमा इजरायली सेनाको हमलाका त्रममा अर्का एक प्यालेस्टिनीको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासले इजरायली सीमापार गरेको हमलापछि पश्चिम किनारमा हिंसा बढेको देखिएको छ । हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय मानिस मारिएका थिए ।

हमास सरकारका अनुसार इजराइलले गाजामा बमबारी र स्थल कारबाहीका साथ प्रतिक्रिया दिएको छ । इजरायली आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब १५ हजार मानिस मारिएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा पश्चिम किनारमा २३० भन्दा बढी प्यालेस्टाइनीहरूलाई इजरायली बासिन्दा र सैनिकले मारेका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement