site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चालन भएको छ ।

आइतबारदेखि प्रत्येक दिन बिहान ८ः३० बजेदेखि तीन/तीन मिनेटको फरकमा सूर्यविनायक–रत्नपार्कका निम्ति बस छुट्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“रत्नपार्क–सूर्यविनायक रुटमा ३६ बस सञ्चालन हुनेछन्,” उनले भने, “आज बिहान साढे ८ बजेदेखि बस नियमित सञ्चालन गरिएको छ ।” यसअघि, उक्त रुटका दुवैतर्फ गरी २५ बस सञ्चालन गरिएको थियो

बस सेवा बिहान १०ः३० सम्म र दिउँसो ३ः३० देखि ५ः३० बजेसम्म सञ्चालनको तालिका बनाइएको महानिर्देशक रिजालले जानकारी दिए ।

उनका अनुसार द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बस थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको छ ।

यात्रीलाई छिटो गन्तव्यमा पुग्न सहज होस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर गएको असोज ३ गतेदेखि उक्त बस सेवा सुरु गरेको थियो । सेवा प्रभावकारी नभएपछि एक महिनामै स्थगित गरिएको थियो ।

अरू सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा लाग्ने गरेकामा द्रुत बसलाई ४५ मिनेट लाग्ने रिजालले दाबी गरे । माइतीघर, कोटेश्वर, जडीबुटीलगायत ट्राफिक जाम बढी हुने चोकमा पनि द्रुत सेवाका बस रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने उनको भनाइ छ ।

रत्नपार्क–सूर्यविनायक रुटमा अरू सार्वजनिक बसले जति भाडा लिन्छन्, द्रुत बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu