site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा तास खेलिरहेका १० जना समातिए
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । चितवनमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११, बसेनीका ४५ वर्षीय रवि गुरुङसहितका व्यक्तिहरू छन् ।

भरतपुर–११, गोर्खाली टोलस्थित ६० वर्षीया हीरा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (जेठ २३) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ६५ हजार १८५ रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्