देश

काठमाडौं । धादिङमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका–१, बिर्जेथुम्काका ५४ वर्षीय एकबहादुर चितौरे छन् ।
१९ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (जेठ २३) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
प्युठानमा महिलाको बलात्कार आरोपमा पक्राउ
प्युठानमा पनि बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौबहिनी गाउँपालिका–४, मौरीवाङ खबाङका ७८ वर्षीय महाराम पुन छन् ।
३४ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२ १७:१४
प्रतिक्रिया दिनुहोस्