
काठमाडौं । स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरामा बस्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका–८ की ३७ वर्षीया चटमाया छन्त्याल छिन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बसपार्कबाट शुक्रबार (जेठ २३) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
मोरङमा एकजना पक्राउ
मोरङमा पनि स्रोत नखुलेको नगद पाँच लाख रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६, सुडिबस्तीका ३४ वर्षीय चन्दनकुमार साह छन् ।
उनी प्र.१–०२–०४९ प ६७९६ नम्बरको स्कुटरमा सवार थिए । जाँच गर्ने क्रममा उक्त नगद फेला परेको र विराटनगर–१६, दरैयाबाट शुक्रबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।