site stats
बाह्रखरी :: Baahrakhari
देश
वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता
सांकेतिक तस्बिर।

तनहुँ । सुरक्षित आप्रवासन परियोजना (सामी)को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो । रु ३३ लाख ८० हजार रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा तिवारीले जानकारी दिइन् ।

Argakhachi Cement Island Ad

करार उल्लङ्घन गरेका वा सम्झौताअनुरुप काम गर्न नपाएका २४ घटनामध्ये २३ वटाको सफल कार्य भएको छ । एक, दुई घटना प्रमाणविहीन रहेकाले प्रक्रिया अघि बढाउन नसकिएको उनले बताइन् ।

सम्झौताअनुरुप काम नलगाई अन्य काममा पठाइएका व्यक्तिलाई स्वदेश झिकाइ रु पाँच लाख क्षतिपूर्तिबापत उपलब्ध गराइएको छ । वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका १८ जनाको शवमध्ये नौजनाको शव नेपाल झिकाउन सफल भएको सो परियोजनाले जनाएको छ ।

मृतकका परिवारलाई रु दुई करोड ९१ लाख चौरासी हजार २६१ आर्थिक सहायताका लागि सहजीकरण गरिएको छ । “श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका व्यक्ति दुर्घटनामा परी घाइते भएका ३४ जनाले रु ५० हजारका दरले आर्थिक सहयोग पाएका छन्,” उनले भने, “वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यले उक्त सहायता रकम पाउनेछन् ।”

दुर्घटनामा परी घाइते तथा अपाङ्गता भएको अवस्थामा अवस्था हेरी रु एक लाखदेखि रु सात लाखसम्म पाउने व्यवस्था रहेको परामर्शकर्ता तिवारीले बताए । “उक्त आवमा रु ५५ लाख ८५ हजार आर्थिक सहायता पाएका छन्,” उनले भने, “दुईजनाको मेडिकल फेल भएकाले रु ५० हजारका दरले रु एक लाख प्राप्त गरेका छन् ।” रासस

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्