site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सडक निर्माणमा भएको खर्चले प्रतिफल दिएन : मुख्यमन्त्री पाण्डे
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक पूर्वाधार निर्माणमा गरिएको खर्चले आवश्यक प्रतिफल प्राप्त हुन नसकेको बताएका छन् । उनले घरघरमा बाटो लैजाने योजना कार्यक्रमले निर्दिष्ट लक्ष्य हासिल नहुने भएकाले बस्ती विकासको योजना आवश्यक भएको उल्लेख गरे ।

प्रदेश नीति तथा योजना आयोगले आज पोखरामा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा तथा आयोजना बैंक सञ्चालनसम्बन्धी अन्तक्र्रियाका क्रममा उनले अहिलेको विकासको योजनाले लक्ष्यअनुसारको उपलब्धि हासिल गर्ने अवस्था नरहेको उल्लेख गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मुख्यमन्त्री पाण्डेले भने, “२० घरमा बाटो लैजान रु २० करोड लगानी गर्दासमेत पक्की हुने अवस्था छैन । बस्ती विकासबारे दोस्रो पञ्चवर्षीय योजनामा पुनःविचार गर्नुपर्दछ, त्यसमा गृहकार्य भएको छ । अब घरमा बाटो लैजाने कि बाटोमा घर ल्याउने त्यो बारेमा बहस जरुरी छ । यस्तै किसिमबाट घरघरमा बाटो लैजाने मोडालिटी लिने हो भने अर्बौँ खर्च गरे पनि बाटो बनाउन सक्दैनौँ ।”

मुख्यमन्त्री पाण्डेले गाउँबाट सहर झर्ने र सहरबाट विदेश पलायनको मानसिकता र प्रवृत्ति बढिरहेकाले बसाइँसराइ रोक्ने कार्यक्रमलाई दोस्रो पञ्चवर्षीय योजनामा पहिलो प्राथकितामा राख्न आग्रह गरे । प्रदेशलाई आवश्यकभन्दा बढी संरचना समायोजना गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

Royal Enfield Island Ad

“हाम्रो प्रदेशलाई आवश्यकताभन्दा बढी संरचना जसले पाँच वर्ष खासै काम गर्न सकेनन् । त्यसलाई समायोजन गर्ने र प्रदेश सरकारपछिका नयाँ संरचना र पहिला भएका संरचना कमभन्दा कम बनाउँदै काम गर्ने कसरी बनाउने पञ्चवर्षीय योजनामा हुनुपर्दछ,” मुख्यमन्त्री पाण्डेले भने । जनताको अहिले पनि सडक, सिँचाइलगायतको माग बढी हुने भएकाले योजनामा त्यस्ता कार्यक्रमलाई समावेश गर्नु चुनौतीपूर्ण रहेको उनले उल्लेख गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २१:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro