site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लगातार दोस्रो जितसहित वाग्मती सेमिफाइनलमा 

काठमाडौं । केपी ओली कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता–२०८० मा सन्दीप लामिछानेको कप्तानीमा रहेको वाग्मती प्रदेशले लगातार दोस्रो जित निकालेको छ । 

शुक्रबार कास्कीस्थित पोखरा क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’ को खेलमा वाग्मतीले कर्णाली प्रदेशविरुद्ध ९० रनको सहज जित निकालेको हो । यो जितसँगै वाग्मतीले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

वाग्मतीले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १७.३ ओभरमा सबै विकेट गुमाएर ९९ रनमात्र जोड्न सक्यो ।

कर्णालीका अर्जुन घर्तीले २४ रन बनाए । विपीन शाहीले २१, कप्तान रविन्द्र शाहीले २० र दीपेन्द्र रावतले १२ रन थपे । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्न वाग्मतीका कप्तान लामिछानले चार विकेट लिए । ३.३ ओभर बलिङ गरेका सन्दीपले नौ रन खर्चिए । दीपेश श्रेष्ठले दुई विकेट लिँदा इशान पाण्डे, सुवास खत्री, रिजन ढकाल र प्रतिश जिसीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको वाग्मतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८९ रनको योगफल खडा गरेको थियो । 

वाग्मतीका ओपनर रित गौतमले ८२ रन बनाए । रितले ५९ बलमा १० चौका र दुई छक्का प्रहार गरे । इशान पाण्डेले ३८ बलमा चार चौका र ६ छक्कासहित ७० रन थपे । १६–१ को स्थितिबाट यी दुईले १४३ रनको साझेदारी गर्दै वाग्मतीको इनिङ सम्हालेका थिए । प्रतिशले १२ रन जोडे ।

कर्णालीका दिनेश अधिकारीले तीन विकेट लिए । दिवन पुन र अनुज चनराले समान एक विकेट लिए ।

यसअघि वाग्मतीले पहिलो खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स क्लब रातोविरुद्ध १०९ रनको फराकिलो जित निकालेको थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro