विदेश
काठमाडौं । इजरायली सेनाले प्यालेस्टाइनी लडाकु समूह हमासका नौसेना (जलसेना) कमान्डर मारिएको दाबी गरेको छ ।
इजरायली रक्षा बलले खान युनिसमा गरिएको हवाई आक्रमणमा हमास नौसैनिक सेनाका कमान्डर अमर अबु जलालाह मारिएको जनाएको हो ।
उक्त आक्रमणमा नौसेना एकाइका अर्का एक सदस्यको पनि मृत्यु भएको बताइएको बीबीसीले उल्लेख गरेको छ ।
खान युनिस गाजाको दक्षिणमा रहेको सहर हो । इजरायलको निर्देशनमा हजारौँ विस्थापित नागरिक उत्तरबाट त्यहाँ भागेका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८० १०:१४
प्रतिक्रिया दिनुहोस्