site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वेस्ट बैंकमा इजरायली आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । उत्तरी वेस्ट बैंकमा बुधबार इजरायली आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मारिनेमध्ये ६ तुलकर्म शरणार्थी शिविरका र एकजना कलकिल्या सहरका रहेको मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले बुधबार बिहान तुलकर्म शिविरमा ड्रोन आक्रमण गरेको थियो । आक्रमणमा ६ प्यालेस्टाइनीको मृत्यु भएको थियो ।

यस्तै, कल्किल्यानजिकैको अजुन सहरमा इजरायली सेनासँगको भिडन्तमा एक प्यालेस्टाइनी युवाको मृत्यु भएको छ ।

अक्टोबर ७ यता हमास–इजरायल द्वन्द्व सुरु भएदेखि वेस्ट बैंकमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २२५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro