site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् । 

प्रवक्ता पाण्डेका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो । 

दुवै मोटरसाइकलका चालकले हेलमेट लगाएका थिएनन् । घाइते १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि गएराति नै विराटनगर लगिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro