site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मकवानपुरमा भूकम्पको धक्का 

काठमाडौं । मकवानपुरमा भूकम्प गएको छ । आज बिहान मकवानपुरको चित्लाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । 

“बिहान १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ केन्द्र बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो,” राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बाह्रखरीसँग भन्यो ।

भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपास पनि गरिएको केन्द्रले जनाएको छ । 

काठमाडौंमा भूकम्पको धक्का महसुस

कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो । उक्त भूकम्पमा १५४ जनाको मृत्यु भएको छ । ३४६ घाइते भएका छन् । 

उक्त भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको छ । 

मंगलबार बिहानसम्म शो भूकम्पका ६०६ परकम्प गइसकेको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०१:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro