site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इन्टर मियामीको स्पष्टीकरण– अल नासरसँग खेल्ने तय भएको छैन

काठमाडौं । लियोनल मेसी सम्मिलित इन्टर मियामीले क्रिस्टियानो रोनाल्डोको टिम अल नासरविरुद्ध खेल्ने भनेर सम्प्रेषित समाचारको खण्डन गरेको छ ।

मंगलबार राति विश्वभरका अधिकांश सञ्चारमाध्यमले अर्जेन्टिनी कप्तान मेसी र पोर्चुगिज कप्तान रोनाल्डोको टिमबीच साउदी अरबमा प्रतिस्पर्धा हुने जनाएका थिए । रियाद कपअन्तर्गत आउँदो वर्षको सुरुआतमा उक्त खेल हुने जनाइएको थियो ।

तर, इन्टर मियामीले बुधबार एक विज्ञप्ति जारी गर्दै साउदी अरेबियन क्लबसँग खेल्ने समाचार गलत रहेको प्रष्टीकरण दिएको हो ।

“यसअघि आज सबेरै, इन्टर मियामी जर्ज मासले रियाद सिजन कप खेल्ने तालिका घोषणा गरेको भन्दै हल्ला फिँजिएको थियो । यो अशुद्ध छ । उक्त विज्ञप्तिमा टोली मालिक जर्ज मासलाई श्रेय दिइएको बयान समावेश छ । मासले प्रि–सिजन भ्रमणको सम्बन्धमा सार्वजनिक वा निजी रूपमा कुनै टिप्पणी गरेका छैनन्,” इन्टर मियामीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro