site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बन्धक सम्झौता छिट्टै टुंगोमा पुग्नेमा इजरायली प्रधानमन्त्री आशावादी

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार गाजापट्टीमा हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने सम्झौता चाँडै टुंगोमा पुग्ने आशा व्यक्त गरेका छन् ।

उनले यस विषयमा भएको घटनाक्रमको विकासबारे छलफल गर्न मन्त्रिपरिषद्को विशेष बैठक आह्वान गरेका हुन् ।

"हामी यस विषयमा प्रगति गर्दैछौँ" नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको रिहाइ र लामो अस्थायी युद्धविरामको बदलामा केही बन्धकहरूलाई मुक्त गर्न सम्झौतामा हस्ताक्षर गर्न कतारको मध्यस्थता प्रयास बारे भने, "मलाई आशा छ छिट्टै शुभ समाचार आउनेछ ।" 

इजरायल–लेबनान सीमा नजिकको भ्रमणका क्रममा उनको सो प्रतिक्रिया सार्वजनिक भएको हो ।

इजरायलको मन्त्रिपरिषद्को युद्ध विराम बारेको बैठकपछि सुरक्षा बैठक बस्ने र सरकारले नयाँ निर्णय लिने अपेक्षा गरिएको छ । प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै यी विशेष बैठकहरू "हाम्रा बन्धकहरूको रिहाइसम्बन्धी घटनाक्रमको छलफलका बारेमा" बोलाइएको उल्लेख गरेको छ ।

यस सम्झौतालाई सुरक्षा क्याबिनेट र सरकार दुवैमा छलफलमा ल्याई निर्णय गर्नुपर्ने प्रावधान छ । यसअघि हमासका नेता इस्माइल हनियाहले समूहका अधिकारीहरू इजरायलसँग 'युद्धविराम सम्झौतामा पुग्न नजिक' रहेको र हमासले कतारलाई आफ्नो प्रतिक्रिया पठाएको इजरायलको सरकारी स्वामित्वमा रहेको कान टिभी समाचारले उल्लेख छ ।

सम्झौतामा इजरायली जेलबाट महिला र किशोर प्यालेस्टिनी बन्दीहरूको रिहाइको सट्टामा हमासले बन्दी बनाएका करिब ५० नागरिकको रिहाइ गर्दै जारी लडाइ केही दिनका लागि रोक्ने छ ।

गत अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको अप्रत्याशित आक्रमणमा सर्वसाधारण, सैनिक, बालबालिका, महिला र विभिन्न राष्ट्र र समुदायका गरी करिब २४० बन्धकहरूलाई गाजामा लगिएको थियो ।

आक्रमणमा करिब १,२०० मानिस मारिएका थिए जसमा अधिकांश सर्वसाधारण मानिस थिए । सोही दिन इजरायलले सुरु गरेको ठूलो आक्रमणदेखि, गाजा पट्टीमा कम्तीमा १३ हजार मारिएका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro