राजनीति
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच शान्ति प्रक्रियाको विषयलाई लिएर छलफल भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।
नेताहरूबीच शान्ति सम्झौताका बाँकी कामलाई छिटो टुंगोमा पुर्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मंगलबार शान्ति प्रक्रियाको १७ वर्ष पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८० २०:३४
प्रतिक्रिया दिनुहोस्