कला
काठमाडौं । चलचित्र ‘लाखे’का निर्देशक सम्राट बस्नेतले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले ‘कंगारु’ निर्देशन गर्न लागेका हुन् ।
सस्पेन्स, थ्रिलर र कमेडी जानरामा निर्माण हुने चलचित्रमा राजिभ गुरुङ ‘दीपक मनाङे’को प्रस्तुति रहनेछ । चलचित्रमा प्रेम थापा र धनबहादुर गुरुङको लगानी रहनेछ ।
चलचित्रको सह–निर्मातमा रोनिशबहादुर बस्नेत र निशान श्रेष्ठ छन् ।
चलचित्रमा सिमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहेको छ ।
कलाकारहरू फाइनल हुन बाँकी रहेको छ । निर्माण पक्षका अनुसार चलचित्रको छायांकन फागुनदेखि सुरु हुनेछ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८० १४:४९
प्रतिक्रिया दिनुहोस्