विदेश
काठमाडौं । गाजापट्टीका ६१ बिरामी उपचारका निम्ति टर्की पुगेका छन् । ४९ आफन्तसहित उपचारका निम्ति उनीहरू सोमबार राजधानी अंकारा आइपुगेका टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताए ।
उनीहरूलाई मन्त्रीले अंकाराको सैन्य विमानस्थलमा स्वागत गरेका थिए । उनीहरूलाई बिल्केन्ट र एट्लिक अस्पतालमा लगिएको छ ।
यसैबीच, टर्कीका विदेशमन्त्री हकान फिदानले गाजाबाट आफ्ना नागरिकलाई बाहिर निकाल्ने प्रयास जारी रहेको बताए । टर्की सरकारले गाजामा रहेका कुल ९८३ आफ्ना नागरिकको उद्धारका निम्ति सक्रिय रूपमा काम गरिरहेको उनले उल्लेख गरे । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८० १०:२९
प्रतिक्रिया दिनुहोस्