site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
समर्थकलाई खेलपछि घर फर्किन एन्फाले १५ वटा बसको व्यवस्था गर्ने

काठमाडौं । यमनविरुद्धको खेल हेर्न आउने दर्शकलाई खेलपछि घर फर्किन अखिल नेपाल फुटबल संघ (एन्फा) कम्तीमा १५ वटा बसको व्यवस्था गर्ने भएको छ ।

नेपालले फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा भोलि (मंगलबार) यमनसँग त्रिपुरेश्वरस्थित दशरथ रंगथशालामा प्रतिस्पर्धा गर्दै छ । यी दुई टिमबीचको खेल साँझ ७ बजेदेखि सुरु हुने हुँदा खेल हेर्न रंगशाला आएका दर्शकलाई घर फर्किन कम्तीमा १५ वटा बसको व्यवस्था गर्ने जनाएको हो ।

“खेल साँझ ७ बजेदेखि सुरु हुने हुँदा दर्शकलाई घर फर्किन सहज होस् भनेर हामीले कम्तीमा १५ बसको व्यवस्था मिलाउँदै छौँ । आवश्यक परेको खण्डमा अरु बस थपिनेछन् । तर, दर्शकहरूले एन्फाले व्यवस्था गरेको बसमा चढ्नका लागि खेल हेरेको टिकटको अर्धकट्टी साथमा राखेको हुनुपर्छ,” खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विश्वकप छनोटका संयोजक एन्फा उपाध्यक्ष दीपक खतिवडाले भने ।

नेपालमा यसअघि साँझका खेल अपरान्ह ५ बजेपछि सुरु हुने गरे पनि नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसको आग्रहमा यसपटक खेलको समय साँझ ७ बजे राखिएको हो । दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले साधारण प्यारापिटतर्फ ३०० र विशिष्टतर्फ एक हजार रुपैयाँ टिकट मूल्य तोकेको छ । एन्फाले यमनसँगको खेल सञ्चालनका लागि ७३ लाख ६८ हजार ४०० रुपैयाँ खर्च हुने जनाएको छ ।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ । यस समूहमा नेपालसँगै यमन, युनाइटेड अरब इमिरेट्स (यूएई) र बहराइन छन् । यसअघि पहिलो खेलमा नेपाल यूएईसँग उसैको मैदानमा ४–० ले पराजित भएको थियो ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro