site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेल्जियमको जितमा लुकाकुको चार गोल
Tiktok banner adTiktok banner ad

काठमाडौं । रोमेलु लुकाकुको चार गोलप्रेरित बेल्जियमले युरो–२०२४ छनोटमा अजरबैजानविरुद्ध ५–० को फराकिलो जित निकालेको छ ।

आइतबार राति ब्रसेल्समा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन लुकाकुले चार र अर्को एक गोल लियन्ड्रो ट्रोसार्डले थपे । खेलको २४औँ मिनेटमा एडी पास्कुलले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि पाहुना टिम अजरबैजान १० खेलाडीमा समेटिएको थियो ।

लुकाकुले १७औँ, २६औँ र ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । उनले ३७औँ मिनेटमा अर्काे गोल थप्दै घरेलु टिमलाई पहिलो हाफमै ४–० को अग्रतामा राखेका थिए । ट्रोसार्डले खेलको अन्तिम मिनेटमा गोल गरेपछि बेल्जियम ५–० ले विजयी भएको हो ।

समूह ‘एफ’मा रहेको बेल्जियमले आठ खेलबाट २० अंकसहित युरोपियन च्याम्पियनसिपमा स्थान निश्चित गरिसकेको छ । दोस्रो स्थानमा रहेको अस्ट्रिया पनि युरोमा स्थान बनाउन सफल भएको छ । अस्ट्रियाले आठ खेलबाट १९ अंक जोडेको छ । समान खेलबाट सात अंकको अजरबैजान तालिकाको चौथो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro