site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हामीले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो हो : प्रधानमन्त्री
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

रुकुम पूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताउका छन् । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले आफूहरुको अभियान पहिलो भएको बताए ।

“हिजो हामी संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लड्यौँ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौँ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउँदै गर्दा हामीले अबको नेपाल राज्य समाजवाद उन्मुख हुनेछ भनेका थियौँ,” उनले भने, “जबसम्म देशमा सामन्ती निरंकुशताको मात्रै होइन, दलाल पुँजीपति र नोकरशाही पुँजीपतिको हैकम पनि अन्त्य हुँदैन, तबसम्म नेपाली जनताले अन्तिम वास्तविक अर्थमा मुक्त भएको मान्न सकिँदैन ।”

Agni Group

प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताए । उनले नियमित रुपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको उल्लेख गरे ।

भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देशविरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएकोसमेत प्रधानमन्त्रीको भनाइ छ । तराई–मधेसमा लामो समयसम्म सामन्तवादको अवशेषका रुपमा रहेको मिटरब्याजीविरुद्धमा कानुन बनाएर कारबाही गरी पीडित नागरिकलाई न्याय दिलाएको समेत उनले उल्लेख गरे ।

Global Ime bank

आफू प्रधानमन्त्री भएको बेला रुकुम पूर्वी क्षेत्रको विकासका कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता पनि उनले व्यक्त गरे । नेपाल भ्रष्टाचारका कारण बदनाम भएको भन्दै उनले वर्तमान सरकारले सुशासन अभियानअन्तर्गत भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य प्रगति भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले बालुवाटार जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरणको फाइल खोली मुद्दाको प्रक्रिया अगाडि बढाउनु पनि त्यसैअन्तर्गत भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu