site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिब्राल्टरको पोस्टमा फ्रान्सको १४ गोल 
Tiktok banner adTiktok banner ad

काठमाडौं । कप्तान काइलियन एमबाप्पेको ह्याट्रिकप्रेरित फ्रान्सले युरो–२०२४ छनोटमा जिब्राल्टारविरुद्ध १४–० को फराकिलो जित निकालको छ ।

फ्रान्सको जितमा नौ खेलाडीले गोल गरेका थिए । घरेलु मैदान एलिएन्ज रिवेरामा फ्रान्सले एक गोल जिब्राल्टरका खेलाडीबाट आत्मघाती उपहार पाएको थियो ।

खेलको १८औँ मिनेटमा इथान सान्तोषले रातो कार्ड पाएपछि जिब्राल्टार १० खेलाडीमा सीमित भएको थियो ।

एमबाप्पेले ३०औँ मिनेटमा पेनाल्टीमार्फत, ७४औँ र ८२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ओलिभर जिरुड र किङ्स्ले कोम्यानले समान दुई गोल गरे ।

यसअघि, खेलको तेस्रो मिनेटमै भ्रमणकारी टोलीका इथान सान्तोसले आत्माघाती गोल गरेका थिए । मार्कुस थुराम, वेरेन जाइरे एम्री, जोनाथन क्लुस, युसोउफ फोफाना, एड्रिएन रिबोट र ओस्मान डेम्बेलेले समान एक गोल गरे ।

एम्री फ्रान्सका निम्ति कम उमेरमा गोल गर्ने खेलाडी समेत बने । उनले फ्रान्सका निम्ति १७ वर्ष ११ दिनमा गोल गरे ।

फ्रान्स समूह ‘बी’बाट २१ अंकसहित शीर्ष स्थानमा रहेर प्रतियोगितामा छनोट भइसकेको छ । दोस्रो स्थानको नेदरल्यान्ड्स पनि १५ अंकसहित जर्मनीको टिकट लिन सफल भएको छ ।

यो समूहमा ग्रीस १२ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको आयरल्यान्डको ६ अंक छ । अंकविहीन जिब्राल्टार पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro