site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उर्लाबारी आगलागीका घाइते भेट्न अस्पताल पुगे मुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर उर्लाबारी आगलागीका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शनिबार मुख्यमन्त्री कार्की सो अस्पतालमा गएका हुन् ।

उनले आफन्तलाई सान्त्वना दिँदै उपचार खर्च सरकारले व्यहोर्ने जानकारी गराए । कार्कीले भने, “घाइतेको उपचारको सबै प्रबन्ध संघीय सरकारबाट गरिने भएको छ । यसबारे म आफैँले संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग भेटघाट गरी उपचार प्रबन्धको जिम्मेवारी लिन आग्रह गरेँ । उहाँले सरकारले गर्ने भन्ने प्रतिबद्धता जनाउनुभयो ।”

सो आगलागीमा परी घाइते भएका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको बर्न अस्पतालले जनाएको छ । ती सबै झापाको बीएन्डसी अस्पतालबाट ‘रेफर’ गरिएका घाइते हुन् ।

तीमध्ये तीनजनाको शल्यक्रिया र अरू घाइतेको थप उपचार भइरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । उनले भने, “अमेरिकाबाट केही चिकित्सक उपचारको लागि आउँदै हुनुहुन्छ ।” 

आगलागीमा घाइते २५ जनालाई कोसी प्रदेश सरकारको समन्वयमा विराटनगर र झापाबाट नेपाली सेनाको विमानमार्फत काठमाडौं लगिएको थियो ।

गएको कात्तिक २६ गते मोरङको उर्लाबारी नगरपालिका–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २८ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई सेनाको विमानमार्फत काठमाडौं लगिएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro