अङ्कारा । टर्की सुरक्षा बलले उत्तरी इराकमा गरेको सीमापार कारबाहीमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)का १३ जना लडाकुलाई मारेको टर्कीको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।
पीकेके सदस्यलाई ‘अपरेसन क्लाउ–लक’ जोन र हकुर्क क्षेत्रमा मारिएको मन्त्रालयले जनाएको छ ।
‘आतङ्कवादी’ आत्मसमर्पण गरिएका, मारिएका वा पक्राउ परेका छन् भनी सङ्केत गर्न टर्कीका अधिकारीहरूले प्रायः निष्क्रिय शब्द प्रयोग गर्ने गर्छन् ।
टर्की सेनाले बारम्बार उत्तरी इराकमा विशेष गरी समूहको मुख्य आधार कँडिल पर्वतमा पीकेके लक्ष्यहरू विरुद्ध स्थलगत कारबाही, हवाई आक्रमण र तोपखाना बमबारीहरू गर्ने गरेको छ ।
टर्कीले अप्रिल २०२२ मा सीमा नजिकैको उत्तरी इराकी क्षेत्रमा पीकेके सदस्यहरू विरुद्ध लड्न अपरेसन क्लाउ–लक सुरु गरेको थियो ।
टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्किए सरकारविरुद्ध विद्रोह गर्दै आएको छ । रासस/सिन्ह्वा