site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अग्रता जोगाउन नसक्दा ब्राजिलको हार

काठमाडौं । फिफा विश्वकप–२०२६ को दक्षिण अमेरिकी छनोटमा अग्रता जोगाउन नसक्दा ब्राजिल कोलम्बियासँग २–१ ले पराजित भएको छ । शुक्रबार कोलम्बियाको स्टाडियो मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टिमले १–० ले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो । 

खेलको चौथो मिनेटमा नै ग्याब्रियल मार्टिनेलीले गरेको गोलबाट ब्राजिलले पहिलो हाफमा अग्रता बनाएको थियो । तर, ब्राजिलले दोस्रो हाफमा दुई गोल व्यहोर्‍यो ।

७५औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए । त्यसको चार मिनेटपछि डियाजले नै गरेको गोलबाट घरेलु टिमले २–१ को अग्रता बनाएको थियो ।

जारी विश्वकप छनोटमा ब्राजिलको यो दोस्रो हार हो । पाँच खेलबाट सात अंकको ब्राजिल तालिकाको पाँचौँ स्थानमा छ । समान खेलबाट नौ अंकको कोलम्बिया तेस्रो स्थानमा छ ।

दक्षिण अमेरिकी छनोटमा शुक्रबार नै भएका अन्य खेलमा बोलिभियाले पेरुलाई २–० ले हराउँदा भेनेजुएला र इक्वेडर तथा चिली र पराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro