site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली सेनाले कब्जा गरेको गाजाकै ठूलो अस्पतालभित्र जब पत्रकारले प्रवेश पाए...

काठमाडौं । हमासले अक्टोबर ७ मा इजरायलमा अचानक आक्रमण गर्‍यो । ठूलो जनधनको क्षति भयो । लगत्तै जवाफी कारबाही थालेको इजरायली सेनाले निरन्तर आक्रमण गरिरहेको छ ।

परिणामस्वरूप गाजा ध्वस्त भइरहेको छ । बिहीबार साँझसम्म गाजामा साढे ११ हजार जनाले ज्यान गुमाइसकेका छन् । घाइते र ध्वस्त भएका संरचनाका कुनै हिसाब छैन । ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् ।

आक्रमणकै दौरान बुधबार इजरायली सेना अस्पतालमा प्रवेश गरेको छ । इजरायली सेना गाजाको प्रमुख अस्पाल अल–शिफामा छिरेको हो ।

हमासले अस्पतालभित्रबाट आफ्नो भूमिगत सञ्जाल विस्तार गरेकाले आफूहरूले यो कदम चालेको इजरायली सेनाको दाबी छ ।

यसै दौरान इजरायली सेनाले बीबीसीका पत्रकारलाई अस्पतालभित्र जान दिएको छ । उच्च सुरक्षाका साथ एउटा टेलिभिजनको टिम र आफ्ना रिपोर्टरलाई इजरायली सेनाले अस्पतालको अवलोकन गराएको बीबीसीले जनाएको छ ।

अस्पतालका चिकित्सकहरूले आफूहरूले बिजुली, खाना र पानीबिना काम गरिरहेको बताएका छन् । परिणामस्वरूप गम्भीर बिरामीले ज्यान गुमाइरहेका छन् । ज्यान गुमाउनेमा नयाँ जन्मिएका शिशुहरू पनि छन् । 

इजरायी सेनाले पत्रकारलाई आफूहरूले एमआरई युनिटभित्र १५ वटा बन्दुक भेटाएको बताएका छन् । उनीहरूले केही ग्रिनेड पनि भेटिएको बताएका छन् । 

बीबीसीका अनुसार इजरायली सेनाले पत्रकारलाई अस्पालभित्र भेटिएका सैन्य पुस्तिका, पम्प्लेट र नक्सा पनि देखाएका थिए । जसमा सम्भावित प्रवेश गर्ने रुट र बाहिरने रुटमा चिह्न लगाइएको छ ।

यसबाट हमासले सैन्य गतिविधिका लागि अस्पताल प्रयोग गरिरहेको पुष्टि हुने इजरायली सेनाको दाबी छ ।

इजरायली सेनाले आफूहरूले कम्युटर र अन्य उपकरण पनि भेटाएको बताएको छ । जसमा इजरायली बन्दीहरूको भिडियो फुटेज र फोटोहरू रहेको इजरायली सेनाको दाबी छ ।

इजरायली सेनाका एक अधिकारीले सञ्चारकर्मीहरूलाई भनेका छन्, "उनीहरू यहीँ थिए । हामीहरूले आइरहेको थाहा पाएर उनीहरू भागे ।"

अस्पतालभित्र प्रवेश पाएका पत्रकारहरूलाई सीमित समय दिइएको थियो । उनीहरूलाई चिकित्सकसँग र बिरामीसँग बोल्न अनुमति दिइएको थिएन ।

बीबीसीसहित एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro