site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जम्मू कश्मीरमा बस दुर्घटना : ३६ जनाको मृत्यु, १९ घाइते

काठमाडौं । भारतको जम्मू कश्मीरस्थित डोडामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएको बताइएको छ ।

५५ यात्रु सवार रहेको बस बटोटे (किसतवार राजमार्गको त्रुगंल) असर नजिकै सडकबाट चिप्लिएर ३०० फिट तल खसेर दुर्घटना भएको बताइएको छ ।

दुर्घटनाका घाइतेहरूलाई अस्पताल लगिएको छ । केन्द्र सरकारका मन्त्री डा. जितेन्द्र सिंहले घाइतेहरूको उद्धारका लागि हेलिकोप्टरको व्यवस्था गरिएको बताएका छन् ।

भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई लिएर शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro