site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजाको प्रमुख अस्पतालभित्र पसे इजरायली सेना

काठमाडौं । गाजा सहरको प्रमुख अस्पाल अल–शिफामा आफ्नो सेनाले हमासविरुद्ध आक्रमण गरिरहेको इजरायलले जनाएको छ ।

बीबीसीका अनुसार अस्पतालको आपतकालीन विभागभित्र ट्यांक र सेना प्रवेश गरेको बताएको छ ।

अमेरिकाले अल शिफा अस्पतालभित्र हमासको कमान्ड सेन्टर रहेको इजरायलको दाबीलाई समर्थन गर्ने खुफिया जानकारी आफूले पाएको बताएको छ ।

अल शिफा अस्पतालका एक डाक्टरले इजरायलको आक्रमणपछि दुई सय बिरामीलाई सामूहिक चिहानमा गाडिएको बताएका छन् ।

गाजामा पालमुनि सुतिरहेका हजारौं मानिसले मुसलधारे वर्षासहित रात बिताइरहेका छन् ।

इजरायलले अक्टोबर ७ मा हमासको हमलापछि गाजामा आक्रमण थालेको थियो । हमासको आक्रमणमा करिब १२०० मानिस मारिएको र २०० भन्दा बढीलाई बन्धक बनाएको बताइएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणमा ११ हजार भन्दा बढी मानिस मारिएको बताएको छ । मारिनेमध्येमा चार हजार ५०० भन्दा बढी बालबालिका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro