site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलको आक्रमणले गाजाको प्रमुख अस्पताल बन्द

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजा सहरको प्रमुख अस्पताल अल शिफा बन्द भएको जनाएको छ । डब्ल्यूएचओले अस्पताल क्षेत्रमा भइरहेको लगातारको बम विस्फोट र आक्रमणले पहिले नै जटिल अवस्थामा रहेको अस्पताललाई संकटपूर्ण बनाएको बताएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले अस्पतालभित्र दुई हजार ३०० भन्दा बढी मानिस रहेको बताएको छ  । बीबीसीले त्यहाँको सर्जिकल थिएटरमा कम्तीमा २० नवजात शिशु रहेको जनाएको छ ।

इजरायली सेनाले अस्पतालबाट बच्चाहरूलाई सुरक्षित ठाउँमा सार्न मद्दत गर्ने बताएको छ । तर, अस्पतालमा विद्युत कटौती भएको कुरा अस्वीकार गरेको छ  । इजरायलका राष्ट्रपति इसाक हर्जोगले अस्पताल भवनमुनी हमासको अखडा रहेको बताएका छन् । हमासले यो आरोप अस्वीकार गरेको छ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भएको र २०० भन्दा बढीलाई बन्धक बनाइएको इजरायलले जनाएको छ । 

गाजामा ११ हजारभन्दा बढीको ज्यान गएको र त्यसमा चार हजार ५०० भन्दा बढी बालबालिका भएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro