site stats
बाह्रखरी :: Baahrakhari
देश
जुवातास खेल्ने/खेलाउनेलाई के सजाय हुन्छ ? यस्तो छ कानुनी व्यवस्था
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । जुवातास खेल्ने/खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ । दिनहुँजसो जुवातास खेल्ने तथा खेलाउने पक्राउ परिरहेको नेपाल प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा जुवाताससम्बन्धी कानुनी व्यवस्थाको बारेमा उल्लेख गरिएको छ ।

Argakhachi Cement Island Ad

सो दफा अनुसार पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

दोस्रोपटकमा भने एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना तोकिएको छ ।

दोस्रोपटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेकपटक थप तीन महिनासम्म कैद र १० हजारसम्म जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ ।

जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ ।

police-juwatas-1699755930.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्