अर्थ व्यवसाय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लले नियामक निकायको चलखेल र सेटिङमा प्रिमियममा आईपीओ बिक्री भएको विषयमा रास्वपाले सुक्ष्म अनुसन्धान थालेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सम्बन्धित निकायलाई बोलाएर सोधपुछ थालेको बताएका हुन् ।
"अहिले नियामक निकाय बिमा प्राधिकरण र सेबोनकै मिलमतोमा प्रमियममा आईपीओ निष्कासन गर्न दिएको गुनासो छ । यसमन हामीले सुक्ष्म अनुसन्धान थालेका छौँ, " उनले भने, "नेटवर्थ नै कम भएको कम्पनीलाई कसरी प्रिमियममा आईपीओ निष्कासन गर्न दिइयो भन्ने विषयमा हामीले सोधपुछ थालेका छौँ । यो विषय मनी लन्डरिङसँग पनि जोडिन सक्छ ।"
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८० १७:००
प्रतिक्रिया दिनुहोस्