site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेडानको विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति गलत छ : कुलमान घिसिङ
फाइल तस्बिर।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा भित्रने सबै ब्रान्डका विद्युतीय सवारीसाधनलाई अनुमति दिन आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल’ सफ्टवेयर सार्वजनिक कार्यक्रममा बोल्दै घिसिङले सरकारले चलिरहेको विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति लिनु गलत भएको बताए । उनले नेपालमा जुनसुकै ब्रान्डका ट्याक्सी आए पनि त्यो सबैलाई सहमति दिन आवश्यक रहेको बताए ।

नेपालमा व्यवसायीहरुले जुन ट्याक्सी ल्याउँछु भने पनि सबैलाई सहमति दिन आवश्यक रहेको उनले बताए । एकजनालाई मात्रै मनोपोली गर्न दियो भने त्यसको लागत र मूल्य सबै माथि रहने उनको भनाइ छ । 

विद्युतीय सवारीसाधनहरुलाई पनि सडक अनुमतिपत्र खुला गर्न आवश्यक रहेको भन्दै उनले सरकारले जुनसुकै ब्रान्डको ट्याक्सीलाई पनि अनुमति दिने र पेट्रोलबाट चल्ने ट्याक्सीलाई विद्युत्मा प्रतिस्थापनको लागि केही सहुलियत दिन आवश्यक रहेको बताए ।

Global Ime bank

निर्देशक घिसिङले नेपालमा १०० वटा सवारीसाधन भित्रँदा ७० वटा विद्युतीय सवारीसाधन मात्रै भित्रन थालेको बताए । अहिलेसम्म १० देखि १५ हजार विद्युतीय सवारीसाधन भित्रिएको जानकारी दिँदै उनले पछिल्लो समय हरेक रुटमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनभन्दा विद्युतीय सवारीसाधनको लागत १५ गुणा सस्तो रहेको बताए ।

विद्युतीय सवारीसाधन मात्रै सञ्चालन गर्न सके ६ खर्बको आयातलाई २० अर्बको विद्युत् खपत गर्दा पूर्ण रुपमा आयात प्रतिस्थापन हुने उनले बताए । पाँच खर्बको डिजेल पेट्रोल आयातलाई बन्द गर्ने र सात खर्बको निर्यात गर्ने हो भने नेपालको व्यापार घाटा शून्यमा झार्न सकिने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu