site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एनसेलले बम्पर उपहारमा प्रदान गर्‍यो तीन स्कुटर
SkywellSkywell

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत मंगलबार तीनजना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वर, भैरहवा र जनकपुरस्थित एनसेल सेन्टरमा आयोजित भिन्नाभिन्नै कार्यक्रममार्फत बम्पर उपहार हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँ बानेश्वर एनसेल सेन्टरमा ललितपुरका आकाश तामाङ्लाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका थिए ।

एनसेल सेन्टर भैरहवामा अभिनेत्री केकी अधिकारीले बाँकेकी मीना त्रिपाठीलाई स्कुटर हस्तान्तरण गरेकी हुन् ।

यस्तै, सप्तरीका सुदिप कुवार क्षेत्रीलाई अभिनेत्री प्रियंका कार्कीले एनसेल सेन्टर जनकपुरमा आयोजित कार्यक्रममा बम्पर पुरस्कारका रूपमा स्कुटर हस्तान्तरण गरेको एनसेलले जनाएको छ ।

यो योजना एनसेलले १८औँ वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत संचालन गरिएका पहलमध्ये एक भएको बताएको छ । योजना भदौ ३१ देखि २८ दिनसम्म चलेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu