प्रविधि

काठमाडौं । नर्वेको एंडोया स्पेसपोर्टबाट आइतवार प्रक्षेपण गरिएको जर्मन रकेट `स्पेक्ट्रम´२० सेकेन्डमै दुर्घटनाग्रस्त भइ जमिनमा खस्दा विस्फोट भएको छ । करिब ३० मिटर अग्लो र ५० टन तौलको रकेटको दुर्घटनामा कसैलाई चोटपटक लागेन ।
एंडोया स्पेसले घटनाको अनुसन्धान भइरहेको बताउँदै सुरक्षा नै आफ्नो प्रमुख प्राथमिकता भएको जनाएको छ ।
युरोपको पहिलो व्यावसायिक अन्तरिक्ष उडान हुने अपेक्षा गरिएको यो प्रक्षेपण खराब मौसमका कारण यसअघि धेरै पटक स्थगित भएको थियो । अधिकारीहरूका अनुसार नयाँ प्रविधिको परीक्षणक्रममा यस्ता असफलता सामान्य हुन् ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१ २३:३०
प्रतिक्रिया दिनुहोस्