site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा सामसङमाथि ६० करोड डलर जरिवाना

काठमाडौं । दूरसञ्चार उपकरणको आयातमा कर छली गरेको भन्दै भारतले सामसङलाई ६० करोड १० लाख अमेरिकी डलर कर एवं जरिवाना तिर्न आदेश दिएको छ । भारतले कुनै कम्पनीमाथि गरेको यो केही वर्षयताकै ठूलो जरिवाना हो ।

गएको वर्ष भारतमा सामसङले ९५ करोड ५० लाख डलर खुद नाफा कमाएको थियो । यो कर एवं जरिवाना कम्पनीको नाफाको महत्त्वपूर्ण हिस्सा हो । भारतको उक्त आदेशविरुद्ध सामसङले कानुनी चुनौती भने दिन सक्छ ।

भारतमा सामसङले दूरसञ्चार उपकरण पनि आयात गर्छ । सन् २०२३ मा मोबाइल टावरमा प्रयोग गरिने महत्त्वपूर्ण ट्रान्समिसन कम्पोनेन्टमा १० वा २० प्रतिशत कर छल्न आयातलाई गलत वर्गीकरण गरिएको भन्दै चेतावनी दिइएको थियो ।

सामसङले ती उपकरण आयात गरेर भारतीय अर्बपति मुकेश अम्बानीको टेलिकम जायन्ट रिलायन्स जियोलाई बिक्री गरेको थियो ।

भारतका भन्सार आयुक्त सोनल बजाजले सामसङले देशको कानुनको उल्लंघन गरेको उक्त आदेशपत्रमा उल्लेख गरेका छन् । रोयटर्सबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro