site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सन्दीपविरुद्धको मुद्दा : मंसिर २२ गतेभित्र लिखित बहस नोट पेस गर्न आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ गते भित्र लिखित बहस नोट पेस गर्न आदेश गरेको छ ।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माका अनुसार बहस नोट उपलब्ध भएपछि मंसिर २४ गते सुनुवाइ हुनेगरी अर्को पेसी इजलासबाटै तोकिएको छ ।

नाबालिग बलात्कार मुद्दामा चाँडो सुनुवाइ गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश भएपनि काठमाडौं जिल्ला अदालतमा पटक–पटक पेसी स्थगित हुँदै आएको थियो ।

लामो समय स्थगित भएर बिहीबार न्यायाधीश घिमिरेको इजलासमा परेको लामिछानेविरुद्धको मुद्दामा लिखित बहस नोट पेस गर्ने आदेश भएको हो ।

वकिलहरू धेरै भएर बहस लम्बिने भएपछि न्यायालयले सबैलाई लिखित बहस नोट पेस गर्ने आदेश गरी त्यसकै आधारमा फैसला पनि दिने अभ्यास छ ।

लामिछानेको मुद्दामा २२ गतेसम्म लिखित बहस नोट पेस भएपछि २४ गतेका लागि तोकिएको पेसीले अन्तिम सुनुवाइको संकेत गर्छ । तर, इजलासबाट भने अन्तिम सुनुवाइ भनिएको छैन । बलात्कार भएको हो कि होइन भन्ने विवादमा सन्दीप पक्षले बालिकाको उमेरमा प्रश्न उठाउँदै जन्ममिति एकीन गर्न माग गर्दै आएको थियो ।

सामान्यतः नागरिकता बनिसकेका व्यक्तिको हकमा नागरिकताको जन्ममितिलाई नै आधिकारिक जन्ममिति मानिने अभ्यास भएपनि लामिछानेको केसमा भने न्यायाधीशहरूबाट पटक पटक बालिकाको जन्ममिति एकीन गर्ने आदेश भएका छन् ।

साउन ३२ मा जिल्ला अदालतका तत्कालीन एक नम्बर न्यायाधीश राजुकुमार खतिवडाको इजलासले त पीडितकी आमाको जन्ममिति एकीन गर्ने आदेश गरेको थियो । त्यसबेला राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका सन्दीपविरूद्ध ०७९ भदौ २१ मा एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

उजुरी दिँदा नाबालिग रहेको पाइएपछि प्रहरीले अनुसन्धान सकेपछि सरकारी वकिल कार्यालय काठमाडौंले ०७९ मंसिर १४ गते सन्दीपविरुद्ध मुद्दा दायर गरेका थियो । घटनापछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो ।

जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि थुनामा पठाइएका लामिछाने उच्च अदालतको आदेशमा विदेश जान नपाउने गरी थुनामुक्त भएका थिए । उच्च अदालतले आफ्नै पक्षमा गरेको आदेशविरुद्ध सर्वोच्च गएका लामिछानेलाई सर्वोच्चले खेल जीवनमा पूर्णरुपमा फर्कन पाउनेगरी आदेश गरेपनि खेल गतिविधिमा नियमित संलग्न छन् ।

सर्वोच्चले त्यसरी खेल जीवनमा फर्कनेगरी आदेश गर्दा नै जिल्ला अदालतको जारी सुनुवाइ चाँडो टुंग्याउन आदेश गरेका थियो । तर, एक वर्ष बढी समय हुँदा समेत सन्दीपविरुद्धको मुद्दामा फैसला हुन सकेको छैन ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro