site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'जनयुद्ध'बारे प्रचण्ड : पृथ्वीनारायण शाहको कर्मपछिको ठूलो कर्म यही हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनयुद्धलाई पृथ्वीनारायण शाहको कर्मपछिको ठूलो कामको संज्ञा दिएका छन् । बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’द्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण कार्यक्रम उनले जनयुद्ध दिवसबारे टीकाटिप्पणी भइहरेको भन्दै त्यसलाई कसैले दबाउन नसक्ने बताए ।

“जनयुद्ध दिवसको निकै ठूलो टीकाटिप्पणी हुने गर्छ । मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एक खालको कर्मपछिको ठूलो कर्म नेपाली जनताले अघि ल्याएको भनेको यही नै हो,” उनले भने, “त्यसको अहिले जति दबाउन खोजे पनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ ।”

उनले प्रधानमन्त्री भएपछि आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेकोमा गर्व लागेको पनि बताए ।

“मैले प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीलाई बिदा दिने निर्णय गराएँ,” उनले भने, “मानिसहरूलाई प्रचण्डले के गर्‍यो भन्ने लाग्छ । तर, नेपाली इतिहासको ऐतिहासिक परिघटना थियो । जसले आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा माइलस्टोन (कोसेढुंगा)को भूमिका खेल्यो ।” 

Prachand-1699524793.jpg

प्रचण्डले शान्ति सम्झौतापछिका प्रधानमन्त्तीले उक्त निर्णय गर्न नसकेको र आफूले आँट गरेको बताए । “शान्ति सम्झौतापछि धेरै प्रधानमन्त्री भए । कसैले गरेनन् । मैले आँट गरेँ,” प्रधानमन्त्रीले भने । 

उनले पुनको पुस्तकमा जनयुद्धका बेलाका घटनालाई घुमाएर प्रस्तुत गरेको भए राम्रो हुने बताए । 

“त्यतिबेलाका घटनाक्रम अलिकति घुमाएर भनेको भए हुन्थ्यो जस्तो लागेको हो,” उनले भने, “उहाँको सोझोपनले जस्ताको तस्तै राख्नुभयो ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro