अर्थ व्यवसाय
काठमाडौं । लघुवित्त वित्तीय संस्थालाई पुँजीकोष वृद्धि गर्न अन्य उपाय नभए चुक्तापुँजीको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न दिन सुझाव दिइएको छ ।
लघुवित्त वित्तीय संस्थाहरूका समस्या समाधान अध्ययन समितिले राष्ट्र बैंकले तोकेको पुँजीकोष वृद्धि गर्न यो उपाय लघुवित्तमा देखिएका हालका समस्या समाधानका लागि दीर्घकालीन र अल्पकालीन रूपमा उपयुक्त हुने सुझाव दिएको हो ।
राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार कुमार श्रेष्ठको संयोजकत्वमा गठित ६ सदस्यीय उच्चस्तरीय समितिले यस्तो सुझाव दिएको हो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० १९:५०
प्रतिक्रिया दिनुहोस्