site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवैध लागुऔषधसहित ६ जना पक्राउ
सांकेतिक तस्बिर।

काठमाडौं । अवैध लागुऔषध खैरो हेरोइन २४४ ग्राम, नाइट्रोभेट ११२ ट्याब्लेट र ट्रामाडोल १७ हजार ४१५ क्याप्सुलसहित ६ जनालाई नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ बस्ने ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका–३ बस्ने ३८ वर्षीय गङ्गालाल बिक, काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बस्ने ५० वर्षीय दीपक श्रेष्ठ, सोही ठाउँ बस्ने ३० वर्षीय दीपेश डङ्गोल महर्जन, सिरहा धनगढीमाई नगरपालिका–१४ बस्ने ३७ वर्षीय झरेन्द्रबहादुर ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने २७ वर्षीय सन्दिप इटानी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरूमध्ये सपना रायमाझी र गङ्गालाल बिकलाई अवैध लागुऔषध खैरो हेरोइन ८१ ग्राम ५०० मिलिग्रामसहित काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाट कात्तिक १५ गते, दीपक श्रेष्ठ र दीपेश डङ्गोल महर्जनलाई लागुऔषध खैरो हेरोइन एक ग्राम ८०० मिलिग्राम, ट्रामाडोल १७ हजार ४१५ क्याप्सुल र नाइट्रोभेट ११२ ट्याब्लेटसहित काठमाडौं चावहिलबाट कात्तिक १६ गते पक्राउ गरिएको हो ।

यस्तै, झरेन्द्रबहादुर ठकुरी र सन्दिप इटानीलाई लागुऔषध खैरो हेरोइन १६० ग्राम ६०० मिलिग्रामसहित काठमाडौं तारकेश्वर नगरपालिका–४ बाट कात्तिक १७ गते प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्बन्धित जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

काठमाडौं, महानगरपालिका–१४ बल्खुस्थित हाम्रो स्टाफ भोजनालय एन्ड खाजा घरबाट नियन्त्रित लागुऔषध डाइजेपाम, फेनारगन, नुर्फिन लेखिएको जम्मा ६०० एम्पुल, चक्कु दुई थान, विभिन्न कम्पनीका मोबाइल तीन थान र नगद ५७ हजार ६०० रूपैयाँसहित पर्सा हरिहरपुर गाउँपालिका–११ घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ७० वर्षीय रामचन्द्र चमार समेत तीनजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro