
काठमाडौं । दिलभूषण पाठकको पक्राउ पुर्जीविरुद्धको निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ ।
काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीविरुद्धको निवेदनमा न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा सुनुवाइ भइरहेको छ ।
पक्राउ पुर्जीको कार्यान्वयन रोक्न माग गर्दै आइतबार उच्च अदालतमा निवेदन दर्ता भएको थियो । निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोसहितलाई विपक्षी बनाइएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटलको सेयर खरिद गरेको अपुष्ट समाचार युट्युब च्यानलमा प्रसारण गरेपछि उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको थियो ।
जयवीरको तर्फबाट परेको उजुरीमा प्रहरीले गत मंगलबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । त्यसयता पाठकलाई प्रहरीले खोजिरहेको छ ।