site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाजुरामा भूकम्पको धक्का

काठमाडौं । बाजुरामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । १२ बजेर ५८ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यो धक्का नयाँ भूकम्प नभएर परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बाह्रखरीलाई जानकारी दिए ।

गएको वैशाख १५ गते बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का त्यसैको परकम्प भएको केन्द्रले जनाएको छ ।

यता, गएको शुक्रबार मध्यरातिदेखि हालसम्म जाजरकोटमा कुल ४४४ परकम्प मापन गरिएको छ । शुक्रबार ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

त्यसयता मंगलबार बिहान साढे ११ बजेसम्म जाजरकोटमा ४४४ परकम्प मापन भइसकेको उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro