site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टिकटकमार्फत् सामाजिक सद्‍भाव बिगार्नेलाई कारबाही गरिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरी र टिकटकका अधिकारीहरुबीच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ ।

टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबाट आएका प्रतिनिधिबीच शुक्रबार छलफल भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

छलफल नेपाल प्रहरी र टिकटिकबीच सहकार्य बढाउने उद्देश्यले भएको उनले जनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

छलफलमा गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकायलगायतका सरकारी निकाय एवं टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी थिए ।

“उक्त छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लिल खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन सहज हुने भएको छ,” गृहप्रवक्ता भट्टराईले भने ।

Global Ime bank

पछिल्ला वर्षमा टिकटकलगायतका सामाजिक सञ्जाल व्यक्तिगत तथा सामाजिक जीवनका अभिन्न अंगजस्तै बनेका छन् । यिनीहरुको मर्यादित र कानुनसम्मत प्रयोगले नयाँ कुराहरु जानकारी लिन, दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्याउने उनले बताए ।

“सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्दछन्,” उनले भने ।

जिम्मेवार नागरिकको रुपमा सामाजिक सञ्जालमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

गृहले आइतबार जारी गरेको विज्ञप्तिमा गैरकानुनी कार्य गरेवापत हुने कानुनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।

Home-1699186115.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement