site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्प प्रभावित २० स्थानमा सैनिक तैनाथ
SkywellSkywell

काठमाडौं । नेपाली सेनाले खोज तथा उद्धारका निम्ति जाजरकोट भूकम्प प्रभावित २० स्थानमा सैनिक तैनाथ गरेको छ ।

“कात्तिक १७ गतेको जाजरकोट भूकम्पलगत्तै परिचालित फौजले जाजरकोटका १३ स्थान र पश्चिम रुकुमका सात स्थानहरूमा तैनाथ रही उद्धारकार्य जारी राखेका छन्,” नेपाली सेनाद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

KFC Island Ad
NIC Asia

हवाई साधन (हेलिकोप्टर)द्वारा जाजरकोट तथा रुकुम पश्चिमबाट हालसम्म ३१ घाइते र २४ कुरुवालाई नेपालगन्ज र सुर्खेत पुर्‍याइएको विज्ञप्तिमा जनाइएको छ ।

आइतबार बिहान जाजरकोटबाट थप एक घाइतेको हवाई उद्धार गरिएको सेनाले जनाएको छ ।

“स्वास्थ्यकर्मी एवं विशेषज्ञहरू समेतको विभिन्न युनिटहरूको टोली १० स्थानमा स्ट्यान्डबाई रहेका छन्,” विज्ञप्तिमा भनिएको छ, “जाजरकोट अस्पताल, चौरजहारी तथा आठबिसकोट इलाकामा खटिएको मेडिकल टोलीहरूबाट १२५ जना घाइतेहरूको उपचार भएको छ ।”

परिचालित फौजले अरू सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी र गैरसरकारी संघ–संस्थाका पदाधिकारीसहित आमसर्वसाधारणसँग सहकार्य गर्दै प्रभावित इलाकामा भग्नावशेष हटाउने, पुरिएका सामान निकाल्ने र भूकम्प प्रभावितको अस्थायी वासस्थान व्यवस्थापनलगायत कार्य गरिरहेको छ ।

परिचालित हवाई साधनहरूले जटिल प्रकृतिका घाइतेको थप उपचारका निम्ति उद्धार र राहत सामग्री ढुवानी गरिरहेका छन् ।

हालसम्म सेनाको हवाई साधनद्वारा करिब १० हजार किलो औषधिजन्य र अरू अतिआवश्यक राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा ढुवानी गरिसकेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro