site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ब्लिन्केन भन्छन्– गाजामा युद्धविराम हुँदा हमासलाई पुनः संगठित गर्न सक्षम बनाउँछ
फाइल तस्बिर ।

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा तत्काल युद्धविराम हुँदा हमासलाई आफ्नो सेना पुनः संगठित गर्न सहयोग पुग्ने बताएका छन् ।

जोर्डनको राजधानी अम्मानमा त्यहाँका विदेशमन्त्री अयमान सफादी र इजिप्टका विदेशमन्त्री सामेह शौकरीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

Dabur Nepal
NIC Asia

उनले हमास आन्दोलनविरुद्ध आफ्नो रक्षा गर्ने इजरायलको अधिकारका निम्ति अमेरिकाको समर्थन र प्यालेस्टाइनी नागरिकको सुरक्षाको आवश्यकतामा जोड दिए । इजरायल–हमास द्वन्द्वमा कुनै पनि थप देशलाई नयाँ ‘मोर्चा’ खोल्नबाट रोक्न अमेरिकाले कदम चाल्ने उनले बताए ।

जोर्डनका विदेशमन्त्री सफादीले गाजामा तत्काल युद्धविराम र मानवीय सहायता पुर्‍याउन आवश्यक रहेको बताए । उनले गाजामा जारी इजरायली आक्रमणलाई आत्मरक्षाका रूपमा वर्णन गर्न अस्वीकार गरे । उनले प्यालेस्टाइनीलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनै पनि प्रयासलाई अस्वीकार गर्दै पश्चिम किनारको अवस्थाका बारेमा चिन्ता व्यक्त गरे ।

इजिप्टका विदेशमन्त्री समेह शौकरीले गाजामा भएका हत्याका घटनालाई न्यायोचित बनाउन नसकिने भन्दै बिनासर्त गाजामा तत्काल युद्धविराम गर्न आह्वान गरे ।

उनले इजरायललाई मानवीय सहायताको प्रवेशमा अवरोध नगर्न र घेरामा परेको एन्क्लेभमा सुरक्षित र द्रुत वितरण सुनिश्चित गर्न आग्रह गरे ।

जोर्डनले शनिबार अम्मानमा ब्लिन्केन र पाँच अरब देशका विदेशमन्त्रीहरू तथा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यकारी समितिका महासचिवसित छलफल गरिएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro