site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भूकम्प प्रभावित क्षेत्रमा एनआरएनएको ‘रिलिफ अपरेसन’, करोड बढीको राहत सामग्री पुर्‍याइँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्प प्रभावितलाई एक करोड रुपैयाँभन्दा बढीको राहत सामग्री वितरण गर्ने भएको छ । भूकम्पले घरबारविहीन भएका स्थानीयलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायत सामग्रीसहित अध्यक्ष डा. बद्री केसी नेतृत्वको एक टोली प्रभावित क्षेत्रमा जाने भएको हो ।

अध्यक्ष केसीका अनुसार भूकम्प प्रभावित ४०० परिवारलाई संघले राहत सामग्री वितरण गर्न लागेको छ । उनीसहित महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्ष अभिमन्यु बस्नेत, एनसीसी यूएईका अध्यक्ष विकास शाहीलगायत टोली राहत सामग्री लिएर जाजरकोट जान लागेको हो ।

संघले त्रिपाल, खाद्यान्न, ओछ्याउने म्याट्रेस, लगाउने न्यानो कपडा, स्यानिटरी प्याडलगायत सामग्री वितरण गर्ने राहत अभियानलाई संयोजन गरिरहेका संघका सचिव गोर्खालीले बताए ।

“हामी भोलि (आइतबार) नै त्यहाँ पुग्न कोसिस गर्दै छौँ । त्यहाँका पीडित परिवारलाई निरन्तर सहयोग गर्न हामी खटिनेछौँ,” संघका उपमहासचिव गुरुङले भने ।

संघले यसअघि पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको थियो ।

संघले आर्थिक सहयोग संकलन र अरू आवश्यक कार्यमा यथाशक्य छिटो जुट्न सबै राष्ट्रिय समन्वय परिषद्हरू तथा विदेशमा रहेका गैरआवासीय नेपालीलाई आग्रह समेत गरेको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  २२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro