site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्पपीडितको राहत र उद्धारका लागि सुदूरपश्चिम सरकारले एक करोड सहयोग गर्ने  
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । सुदूरपश्चिम सरकारले कर्णाली प्रदेशका भूकम्पपीडितको राहत र उद्धारका लागि तत्काल एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
 
प्रदेश सरकारको आकस्मिक बैठक बसेर सहयोग गर्ने निर्णय गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । विज्ञप्तिमार्फत उनले स्वास्थ्य सामग्रीसहित २० जना स्वास्थकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने जानकारी दिए ।
 
“सुदूरपश्चिम प्रदेश सरकारको आज बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार उक्त क्षेत्रमा सहायता पुग्ने गरी तत्काल रु १ करोड रुपैयाँ र स्वास्थ्य सामाग्री सहित २० जना स्वास्थकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय गर्दै थप आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ,” विज्ञप्तिमा लेखिएको छ ।
 
प्रदेश सरकारले भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न भूकम्पमा परी पुरिएकाहरुको खोज, उद्धार र घाइतेहरुको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतका स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न संघसस्था र नागरिक समाजसँग आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro