site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिकेट खेलाडीलाई घोषित एक करोड ५७ लाख नगद पुरस्कार निकासा

काठमाडौं । सरकारले विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्वघोषित नगद पुरस्कार निकासा गरेको छ । तीन प्रतियोगिताको पूर्वघोषित एक करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए ।

गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यू–१९ पुरुष सीडब्लूसी–एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी लिग–२ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो ।

सदस्य–सचिव घिसिङले पुरस्कार पाउने खेलाडीलगायतलाई बधाई दिँदै पुरस्कारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई धन्यवाद दिएका छन् । 

साथै घिसिङले शुक्रबार मूलपानीमा भएको ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईलाई आठ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि स्थान सुरक्षित गर्न सफल नेपाली टोलीलाई बधाई दिँदै फाइनलमा सफलताका लागि शुभकामना दिएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  २१:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro