site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुगु सामूहिक हत्या घटना : अनुसन्धान गर्न सीआईबीका डीएसपीको नेतृत्वमा टोली जाँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुगुमा एकै परिवारका चारजनाको सामूहिक हत्या घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली जाने भएको छ ।

गत कार्तिक १० मा मुगुको छायानाथरारा नगरपालिका–६, मन्दुका २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय मनोज, ९ वर्षीया अप्सरा र आठ महिनाका रहरको शव फेला परेको थियो ।

हत्या भएको एक साता बित्दा पनि मुगु प्रहरीले आरोपी पक्राउ गर्न नसकेपछि सीआईबीको टोली त्यसतर्फ जान लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

घटनाको अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेपछि सीआईबीको टोली जान लागेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

सीआईबीले प्रहरी नायव उपरीक्षक (डीएसपी)को नेतृत्वमा चारजना अनुसन्धान टोली खटाउने तयारी गरेको छ । 

Global Ime bank

सीआईबीका एसएसपी दिनेश आचार्यले शनिबार डीएसपीको नेतृत्वमा टोली पठाउने तयारी गरेको बताए ।

“हामीले डीएसपीको नेतृत्वमा टोली पठाउने तयारी गरेका छौँ । शनिबार वा आइतबारभित्र हाम्रो टोली मुगु जान्छ,” एसएसपी आचार्यले भने ।

सीआईबी स्रोतका अनुसार जघन्य अपराध पिलरका प्रमुख डीएसपी धर्म भण्डारीको नेतृत्वमा सीआईबीले टोली पठाउने तयारी गरेको हो ।

हत्यारा पत्ता नलागेसम्म पीडित परिवारले शव नबुझ्ने बताएका छन् । चारजनाकै शव जिल्ला अस्पताल मुगुमा राखिएको छ । उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या भएको अनुसन्धानबाट खुलेको छ । 

मुगु घटना : सामूहिक हत्यापछि कतारमा रहेका श्रीमान्‌लाई पठाइएको थियो शवको फोटो

मुगु सामूहिक हत्या घटना : जटिल बन्दै अनुसन्धान, परिवारले अझै बुझेनन् शव

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय